Connect IPS
IME Life

एक महिनामा जीवन बीमा कम्पनीको नयाँ ब्यवसाय २ अर्ब ३४ करोड, प्रभु महालक्ष्मीको सबैभन्दा कम हुँदा कुनको कति?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०८० /८१ को मंसिर महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले करिब साढे २ अर्ब नयाँ व्यवसाय भित्राएका छन् । प्राधिकरणको तथ्याङक अनुसार यी कम्पनीहरुले मंसिर महिनामा ४ लाख ३३ हजार ६१८ वटा बीमा पोलिसी विक्री गरी २ अर्ब ३४ करोड ९५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका हुन् । त्यस्तै, मंसिर महिनासम्ममा जीवन बीमा कम्पनीहरुले १ करोड ३७ लाख ५४ हजार ४८३ वटा बीमा पोलिसी विक्री गरी कूल ६१ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार यस अवधिमा सबैभन्दा धेरै प्रथम बीमा शुल्क नेपाल लाइफले नै आर्जन गरेको छ । कम्पनीले एक महिनामा ४७ करोड ५९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा ३६ करोड ११ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । तेस्रोमा हिमालय लाइफ रहेको रहेको छ । कम्पनीले १८ करोड ५० लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

Prabhu
Crest

त्यस्तै, सूर्यज्योति लाइफले १६ करोड १९ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले १५ करोड ३४ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । एशियन लाइफले १४ करोड २४ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । सिटिजन लाइफले १३ करोड ९८ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । सन नेपाल लाइफले १३ करोड ३० लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

एलआइसी नेपालले १३ करोड १० लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । आइएमई लाइफले १० करोड ४ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले १० करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ९ करोड ८९ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । मेट लाइफले ९ करोड ८६ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । र प्रभु महालक्ष्मी लाइफले ६ करोड ७३ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS