Connect IPS
IME Life

सिटी होटलको ८औं वार्षिक साधारण सभा सम्पन्न, संचालकमा कोइराला निर्वाचित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटी होटलले ८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा कालिमाटी ब्याङकेट कालिकाटीमा सम्पन्न भएको हो । यस वर्ष कम्पनीले गत आर्थिक वर्षको नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

सभाले आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदनसहित छलफल गरी पारित गरेको छ । सभाले वार्षिक वित्तीय विवरण, नाफा, नोक्सािन, हिसाव नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८०/ ८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने र नीजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

Prabhu
Crest

सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट संचालकमा तिलक कोइरालालाई निर्वाचित गरेको छ । उनी पूँजी बजार सुधार अभियन्ता हुन् । गत बर्ष सर्वसाधारणमा शेयर जारी गरेको होटलले पहिलोपल्ट सर्वसाधारण शेयरधनीको तर्फबाट संचालकको निर्वाचन गरेको हो ।

सभाले संचालक समितिका सदस्यहरुको बैठक भत्ता बृद्धि गर्ने प्रस्ताव पारित गरेको छ । सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गरेको छ । सभाले अधिकृत पूँजी बृद्धि गर्ने, कर्जा सिमा बृद्धिको स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।

गोल्यान समुहको लगानीमा काठमाडौमा संचालनमा ल्याएको होटललाई हायात समुहले हायात प्यालेस ब्राण्डमा व्यवस्थापन सम्हालेको छ । होटल संचालक समितिका अध्यक्ष शक्तिकुमार गोल्यान छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS