Connect IPS
IME Life

विकास ऋणपत्रमार्फत ७ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक, आइतबार बोलकबोल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ।

केन्द्रीय बैंकले पुस २३ गते विकास ऋणपत्र २०८८ ‘छ’ जारी गर्न लागेको हो। यो ऋणपत्र ८ वर्षे अवधिको हो। यसको साँवा भुक्तानी २०८८ पुस २३ गते हुनेछ।

Prabhu
Crest

यो विकास ऋणपत्रको बोलकबोल आयतबार (पुस २२ गते) दिउँसो २ बजेसम्म हुने केन्द्रीय बैंकले जनाएको छ। यसको ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ भने आर्जित ब्याजमा कर लाग्नेछ।

यसमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न पाउनेछन्। ब्याजदर निर्धारण भने बोलकबोलबाट हुनेछ।

यो ऋणपत्र धितोका रुपमा राखी कर्जा लिन वा दिन पाइनेछ। इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन पाउनेछन्।

राष्ट्र बैंकले प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोललाई क्रमशः निष्कासित रकमको ८५ प्रतिशत र १५ प्रतिशत अर्थात ५ अर्ब ९५ करोड रुपैयाँ र १ अर्ब ५ करोड रुपैयाँ छुट्याएको छ। अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS