GBIME
IME Life

बैंकहरुमा करिब साढे २ अर्ब लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकको करिब साढे २ अर्ब रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंकको उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ४४ करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा राख्न लागिएको जनाएको हो। राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम मुद्दति निक्षेपमा राख्नेछ।

SKYWELL
Crest

केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ९५ करोड २० लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ३६ करोड ६० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १२ करोड २० लाख रुपैयाँ मुद्दति निक्षेपमा राखिनेछ।

आफूले मुद्दति निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी आवेदन दिन केन्द्रीय बैंकले बैंकहरुलाई आह्वान गरेको छ। आउँदो माघ ५ गतेदेखि २०८१ माघ ५ गतेसम्म ३६६ दिनका लागि उक्त रकम मुद्दति निक्षेपमा राखिने राष्ट्र बैंकले जनाएको छ।

बैंकहरुले पुस २२ गते राति ७ बजेभित्र ब्याजदर प्रस्ताव गर्नुपर्नेछ।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS