IME Life
GBIME

एशियन लाइफको ९% संस्थापक शेयर सर्वसाधारणमा परिणत

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीका ९ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत भएको छ।

एशियन लाइफमा यसअघि संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत शेयर स्वामित्व थियो। अहिले शेयर संरचना परिवर्तन गर्दै कम्पनीले संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गरेको छ। यसका लागि कम्पनीले संस्थापक समूहको ९ प्रतिशत शेयर सर्वसाधारण परिणत गरेको छ।

Crest

कम्पनीको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक साधारणसभाले संस्थापक र सर्वसाधारण समूहको शेयर संरचना परिवर्तन गर्ने निर्णय गरेको थियो।

कम्पनीले परिमार्जन गरेको शेयरअनुसार नै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले परिवर्तित शेयर संरचना अभिलेख गरेको छ। जसअनुसार नेप्सेमा सूचीकृत कुल ३ करोड १५ लाख ५३ हजार ५.१७ कित्ता शेयरमा संस्थापक समूहको १ करोड ६० लाख ९२ हजार ३३.१० कित्ता (५१ प्रतिशत) र सर्वसाधारण समूहको १ करोड ५४ लाख ६० हजार ९७२.०७ कित्ता (४९ प्रतिशत) कायम भएको नेप्सेको आजको निर्णयअनुसार अभिलेख गरिएको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS