IME Life
GBIME

रु. २०.२५ अर्बको आन्तरिक ऋण नवीकरण गर्दै राष्ट्र बैंक, आज बोलकबोल

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब २५ करोड रुपैयाँ बढीको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ।

केन्द्रीय बैंक यसअघि ट्रेजरी बिलमार्फत उठाएको २० अर्ब २५ करोड रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको हो। जसमा ९१ दिने ७ अर्ब ७५ करोड रुपैयाँ, १८२ दिने ५ अर्ब रुपैयाँ र ३६४ दिने ७ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल रहेका छन्। यी ट्रेजरी क्रमशः चैत २० गते, २०८१ असार १९ गते र २०८१ पुस १६ गते परिपक्व हुनेछन्।

Crest

यी ट्रेजरी बिल भोलि पुस १७ गते जारी हुनेछ। यसको बोलकबोल आज पुस १६ गते दिउँसो २ बजे हुनेछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS