Connect IPS
IME Life

नेपालको रोटरी क्लबका प्रशिक्षकहरुलाई प्रशिक्षण सुरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रोटरी डिस्ट्रिक्ट ३२९२, नेपाल भुटानमा आबद्ध नेपालभरका प्रशिक्षक रोटरियनहरुलाई सिन्धुलीको मुलकोटमा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । नेपालभरका रोटरी क्लबहरुमा आबद्ध प्रशिक्षकहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको रोटरी डिस्ट्रिक्ट ३२९२ को प्रशिक्षण समितिका सह(अध्यक्ष बिष्णुहरि दाहालले बताए ।

शुक्रबार र शनिवार चल्ने प्रशिक्षणलाई रोटरीका प्रमुख प्रशिक्षकहरु जयन्द्र रिमाल, लक्ष्मण ज्ञवाली, सञ्जय गिरी, दिलेन्द्रराज श्रेष्ठ, जितेन्द्रबहादुर राजभण्डारी र सन्तोष रिजालले प्रशिक्षण दिनेछन् ।

Prabhu
Crest

यसैगरी, प्रशिक्षणकै दौरान आयोजित प्यानल छलफलमा प्यानलिस्टहरु डिस्ट्रिक्ट गभर्नर राजेन्द्रप्रसाद ध्वजू, डिस्ट्रिक्ट गभर्नर ९इलेक्टेड० राजेन्द्रमान शेरचन र डिस्ट्रिक्ट गभर्नर ९नोमिनी० बिनोद कोइराला रहेका छन् ।

प्रशिक्षण कार्यक्रममा विभिन्न रोटरी क्लबका ७५ जना सहभागी छन् ।रोटरियनहरु बिष्णुहरि दाहाल, अशोकमान कपाली र अशोक प्याकुरेलले कार्यक्रमको सहजीकरण गरेका छन् ।

‘स्वार्थभन्दा माथि सेवा’ भन्ने भावकासाथ सामाजिक सेवामा कार्यरत रोटरी अभियान नेपालमा सन् १९५९ मा सुरु भएको हो । हाल रोटरी डिस्ट्रिक्ट ३२९२ मातहत १५४ क्लबमा ५ हजार ५४२ जना सदस्य आबद्ध छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS