IME Life

नाडाको नयाँ कार्यसमितिमा सबै पदाधिकारी सर्वसम्मत निर्वाचित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)मा सम्पूर्ण कार्यसमिति नै सर्वसम्मत निर्वाचित भएको छ । अध्यक्षमा करण चौधरीको मात्रै मनोनयन दर्ता भएको छ । कार्यसमिति सदस्यमा पनि आवश्यक संख्यामा मात्रै मनोनयन दर्ता भएपछि कार्यसमिति नै सर्वसम्मत भएको हो ।

कार्यसमिति सदस्यमा साधारण सदस्यहरुको तर्फबाट राजनबाबु श्रेष्ठ, सुरेन्द्रकुमार उप्रेती, मीलनबाबु मल्ल, दीपेन्द्र कुमार मिश्र, पंकज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंहानिया, नवराज भुसाल, आकाश गोल्छा, निराकार श्रेष्ठ, सुनिल रिजाल, प्रदिपमान प्रधान, संजयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ र प्रकाश कपुरी निर्वाचित भएका हुन् ।

Prabhu
Crest

त्यसेगरी संस्थागत सदस्यका तर्फबाट सञ्जयकुमार श्रेष्ठ (मोरङ अटोमोबाइल एसोसिएसन), तेज नारायण शाह (जानकी अटोमोबाइल एसोसिएसन), कुलबहादुर क्षेत्री (चितवन अटोमोबााइल एसोसिएसन) र कृष्णप्रसाद श्रेष्ठ (पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन), गणेशप्रसाद भट्टराई (लुम्बिनी अटोमोबाइल एसोसिएसन अफ नेपाल), भद्र भण्डारी (कर्णाली अटोमोबाइल एसोसिएसन), पुस्करराज ओझा (सुदुर पश्चिम अटोमोबाइल डिलर्स एसोसिएसन) कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।

नाडाका अध्यक्ष ध्रुव थापाले नाडाको आगामी कार्यकालको लागि अध्यक्ष लगायत सम्पूर्ण कार्यसमिति टिम नै निर्विरोध निर्वाचित हुनु ऐतिहासिक सहमतिको उदाहरण भएको बताएका छन् ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS