IME Life
GBIME

दोल्ती पावरको एजिएम माघ ५ गते, यस्ता छन् प्रस्ताव

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले माघ ५ गते तेस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । पुस १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काजिको किचेन पुरानो बानेश्वर, काठमाडौंमा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियु्क्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Crest

सञ्चालक निर्वाचनको प्रस्ताव सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस २२ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् । कम्पनीले यसवर्ष लाभांश प्रस्ताव भने गरेको छैन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS