Connect IPS
IME Life

सर्वोच्चमा रिट परेपछि गभर्नर अधिकारीको दौडधुप, पूर्वप्रधानन्यायाधीशलाई भेटेर बचाइदिन आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सर्वोच्च अदालतमा आफ्नो शैक्षिक योग्यताको विषयलाई लिएर परेको रिटबाट अत्तालिएका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दौडधुप थालेका छन्।

सर्वोच्चमा आज नेपाल राष्ट्र बैंकको ऐनअनुसार गभर्नर बन्न शैक्षिक योग्यता नपुगेको भन्दै गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुग्ने भन्दै परेको रिटमा आज सुनुवाइ हुँदैछ। रिटको सुनुवाइको पूर्वसन्ध्यामा गभर्नर अधिकारीले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई स्रोत बताउँछ। ‘पूर्वप्रधानन्यायाधीश श्रेष्ठसँगको भेटमा अधिकारीले सर्वोच्च अदालतमा पुगेको मुद्दामा आफूलाई बचाइदिन आग्रह गरेका छन्’, स्रोतले भन्यो
गभर्नर हुन अधिकारीको शैक्षिक योग्यता नपुग्ने दाबीसहित परेको रिटमा न्यायाधीश शुष्मालता माथेमाको इजलाशसुनुवाइ हुने भएको हो।

Prabhu
Crest

गभर्नरमा नियुक्त भएको करिब ४ वर्षपछि अधिकारीको शैक्षिक योग्यता नपुग्ने भन्दै गत बिहीबार अधिवक्ताहरु दीपकराज जोशी, प्रतापसिंह ठकुराठी दामोदर तिम्सिना र चूडामणि भण्डारीले संयुक्त रुपमा सर्वोच्चमा रिट दायरका थिए।

रिटमा अधिकारीको आधारभूत शैक्षिक योग्यता नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम नभएको दाबी गरिएको छ। त्यसैले गभर्नरमा अधिकारीको नियुक्ति बदर हुनुपर्ने माग रिटमा गरिएको छ।

रिटमा अधिकारीले अरु कुनै पनि विषयमा स्नातकोत्तर नगरेको दाबी गरिएको छ। ऐनमा स्नातकोत्तर तह उत्तीर्ण गरेकै व्यक्ति गभर्नर हुनुपर्ने भनी उल्लेख रहेकोले उनको योग्यता नपुग्ने रिटमा जिकिर गरिएको छ।

राष्ट्र बैंक ऐनको दफा २० मा गभर्नरमा नियुक्त हुनका लागि आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, बाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुनमा स्नातकोत्तर भई त्यही क्षेत्रमा अनुभव हासिल गरेको हुनुपर्ने व्यवस्था छ।

गभर्नर अधिकारीले भारतको इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्स अफ इन्डियामा चार्टर्ड अकाउन्टेन्ट पढेको र नेपालमा आइक्यानको सदस्यता लिएका थिए।

सरकारले अधिकारीलाई २०७६ चैत २४ गते गभर्नरमा नियुक्त गरेको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

75%

उत्साहित

25%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS