काठमाडौं । पछिल्लो समय बीमा क्षेत्रमा विभिन्न विवाह उत्सव लगायतका पर्वहरुमा जिन्सी सामान, गरगहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ । सोही कुरालाई आत्मसाथ गर्दै तानसेन ७ प्रभास निवासी दुर्गा पाण्डेले आफ्नो श्रीमती सतभावना पाण्डेलाई ३८ औ जन्मदिनको अवसर पारेर जीवन बीमा पोलिसी उपहार दिएका छन ।
पाण्डेले जीवनसंगिनी सतभावनालाई जन्मदिनको विषेश दिन पारेर उपहार स्वरुप रु १० लाख बीमाङकको बीवन बीमा पोलिसी दिएका हुन । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी पाल्पा शाखाबाट जीवन बीमा पोलिसी खरिद गरी जन्म दिनको अवसरमा बीमा हस्तान्तरण गरेका पाण्डेले महंगा गरगहना तथा अन्य उपभोग्य बस्तुमा गरिने खर्च भन्दा आफू र आफ्ना भावी पुस्ताको लागि समेत उपयोगी हुने गरी जीवन बीमा पोलिसी उपहार दिएको बताए ।
उनले खरिद गरेको बीमा पोलिसीमा २० ओटा घातक रोग सुविधा र दुई गुणा बिमांक लाभ सहित थप ५ ओटा अन्य अतिरिक्त सुविधाहरु रहेको एजेन्सी म्यानेजर अबिता नेपालीले बताईन ।