IME Life
GBIME

साढे ५ प्रतिशतले बढ्यो नगद परिचालन, सरकारी कोषमा रु. १.६० खर्ब

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बजारमा नगद परिचालन साढे ५ प्रतिशत बढेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बजारमा मंसिरसम्म ६ खर्ब ६० अर्ब ८१ करोड रुपैयाँ नगद परिचालन रहेको छ। गत असारसम्म बजारमा ६ खर्ब २५ अर्ब ७८ करोड रुपैयाँ नगद परिचालन थियो। यो हिसाबले पछिल्लो ५ महिनामा नगद परिचालन ५.५९ प्रतिशतले बढेको छ।

Crest

यो ५ महिनामा सरकारी कोष २५५ प्रतिशतले बढेको छ। गत असार सरकारी कोषमा ४५ अर्ब ८ करोड रुपैयाँ थियो। मंसिरसम्म सरकारी कोषको आकार बढेर १ खर्ब ६० अर्ब २४ करोड रुपैयाँको उचाइमा पुगेको छ।

मंसिरसम्म राष्ट्र बैंकको रिजर्भमा ५ खर्ब ९ अर्ब २७ करोड रुपैयाँ रहेको छ। गत असारसम्म रिजर्भमा ४ खर्ब ६४ अर्ब ९५ करोड रुपैयाँ थियो।

आईएमएफसँग सम्बन्धित दायित्व ११ अर्ब ८८ करोड २९ लाख रुपैयाँ रहेको छ। अन्य दायित्व १ अर्ब ७० करोड ९ लाख रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS