काठमाडौं । भारतीय दोश्रो बजार मध्येको एक बम्बई स्टक एक्सेञ्जको सूचक सेन्सेक्स ७२ हजार विन्दुमाथि पुगेको छ । बुधवार ७२ हजार विन्दु माथि बन्द भएको बजार विहीवार ७२ हजार ४१० विन्दुमा बन्द भएको छ । विहीवार ईण्ट्राडेमा बजार ७२ हजार ४८४ विन्दुसम्म पुगेकोमा सो विन्दु सेन्सेक्स इतिहासकै हालसम्मको उच्च रहेको बम्बई स्टक एक्सेञ्जले जानकारी दिएको छ । विहीवार सेन्सेक्स ३७१ दशमलव ९५ अंकले वृद्धि भएको थियो ।