IME Life
GBIME

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तीन योजनामा दिँदै आएको बीमा सुविधा हटायो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आफ्ना तीन बचत खाता योजनाबाट बीमा सुविधाको व्यवस्था हटाएको छ । बैंकले सञ्चालन गरिरहेको कर्पोरेट बेनिफिट बचत खाता,प्रोफेसनल कर्मचारी बचत खाता र प्रवद्धक बचत खाता योजनाबाट बीमाको सुविधा हटाएको हो । बैंकले यस सुविधा आगामी पुस १६ गतेदेखि बन्द गरिने जनाएको छ ।

बैंकले यी बचत खाता योजनाबाट बचतकर्तालाई प्रदान गर्दै आईरहेको आकस्मिक मृत्यु बीमा तथा स्वास्थ्य बीमाको सुविधा हटाएको जनाएको छ ।
यी योजनामा बचतकर्तालाई बैंकले ५० हजार रुपैयाँसम्मको मेडिकल बीमाका साथै ७ लाख रुपैंयाको दुर्घटना बीमाको व्यवस्था गरेको थियो ।

Crest

साथै बैंकले यी बचत खाता योजनाका अन्य विशेषताहरु भने यथावत नै रहने बताएको छ । बैंकले उल्लेखित खाता सञ्चालन गरिरहेका बचकर्ताले खाताको योजना परिवर्तन गर्न चाहेमा बैंकको सम्बन्धित शाखा कार्यालयहरुमा सम्पर्क गरी परिवर्तन गर्न बैंकले आग्रह गरेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS