काठमाडौं । ग्रिन भेन्चर्स लिमिटेडले पाँचौ वार्षिक साधारण सभा आब्हान गरेको छ । कम्पनीले उक्त सभा माघ ५ गते बानेश्वर ब्याङक्वेट थापागाउँमा गर्ने जनाएको छ । सभा विहान ११ बजे शुरु हुने कम्पनीको भनाई छ । कम्पनीको पुस १० गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।
सभाले संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण सहितको वासलात, नाफा नोक्सान, वित्तीय विवरण नगद प्रवाह सहितको विवरण पारित गर्ने, लेखापरीक्षकको नियुक्ती र नीजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट १ जना संचालक निर्वाचन गर्ने, कम्पनीको संचालकको बैठक भत्ता निर्धारण गर्ने लगायतका विविध प्रस्ताव पारित गर्ने जनाएको छ ।