काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले विभिन्न १० पदका लागि धेरै संख्यामा लागि कर्मचारिको माग गरेको छ । बैंकले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नेगरी व्यवस्थापक, अधिकृत र सहायक तहमा एकसय कर्मचारी माग गरेको जनाएको छ ।
बैंकले कनिष्ठ सहायक पदको लागि सबैभन्दा धेरै ६० कर्मचारी माग गरेको छ । त्यस्तै, व्यवस्थापन प्रशिक्षार्थी र शाखा प्रमुख १५/१५ जना, तालिम स्तरीकण अधिकृत ३ जना, कर्जा अधिकृत २ जना र कर्मचारिको लागि आवेदन खुलाएको छ । व्यवस्थापनतर्फ प्रमुख वित्त अधिकृत, प्रमुख व्यवसाय अधिकृत, आन्तिरिकलेखा परीक्षण प्रमुख र कानुन अधिकृतमा एक/एक जना माग गरेको छ ।
ईच्छुकले तथा योग्यता पुगेकाले पुस २५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । आवेदन बैंकको वेबसाइटबाट अनलाईन दरखास्त फारम भर्न सकिने जनाएको छ ।