काठमाडौं । अप्पर हेवाखोला हाइड्रोपावरले वार्षिक साधारणसभा गर्ने म्याद थप गरिदिन आग्रह गरेको छ। कम्पनीले कम्पनी रजिस्ट्रारको कार्यालयमा पत्र पठाउँदै वार्षिक साधारणसभा गर्ने म्याद थप गरिदिन आग्रह गरेको हो।
कम्पनीले गत असार २ गतेको बाढीले हेवाखोला साना जलविद्युत आयोजनामा व्यापक क्षति पुर्याएको र सोको पुनर्निर्माण कार्य तीव्रगतिमा भइरहेको तथा बीमा दाबीको टुंगो लागिनसकेको अवस्थामा वार्षिक साधारणसभा गर्न समस्या भएकोले सभा गर्नका लागि ३ महिना म्याद थप गर्न स्वीकृति दिन आग्रह गरेको छ।
कम्पनी ऐनबमोजिम कम्पनीहरुले आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र अर्थात पुस मसान्तसम्म वार्षिक साधारणसभा सक्नुपर्ने व्यवस्था रहेको छ।