IME Life
GBIME

नीति,योजना र बजेट निर्माणको परिपाटी नै परिवर्तन गर्ने प्रधानमन्त्रीको घोषणा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सरकारका नीतिले मात्रै होइन सरकारले गर्ने खर्चले पनि अर्थतन्त्रलाई गतिशील बनाउने बताएका छन् । उनले गर्दै विगतका केही वर्षदेखि नै कमजोर रहेको पूँजीगत खर्च गर्ने क्षमतामा निर्णायक हस्तक्षेप र सूधार गर्न ढिला भएको उनले बताएका हुन् ।

बजेट निर्माणको परम्परागत तरिकाले न प्राथमिकतापुर्ण योजनाहरुमा बजेट विनियोजन हुन सक्यो न खर्चको सही आँकलन नै हुन सक्यो उनले भने । यसको प्रत्यक्ष असर पूँजीगत खर्चमा परी समग्र आर्थिक क्षेत्र नै प्रभावित भइरहयो । त्यसैले म नीति योजना र बजेट निर्माणको परिपाटी नै परिवर्तन गर्ने तयारीमा छु ।

Crest

आगामी बजेटमा नीति तथा कार्यक्रम र बजेट निर्माणमा जनप्रतिनिधी र आमनागरिकको समेत पर्याप्त सुझाव लिने गरी बजेटका सिद्धान्त र प्राथमिकता फागुनमै पेश गर्ने मेरो तयारी छ उनले भने ।

प्राप्त सुझावको आधारमा नीति तथा कार्यक्रम र त्यसकै आधारमा बजेटलाई अन्तिम रुप दिने गृहकार्यमा छु । यसबाट नीति तथा कार्यक्रम र बजेटमा सबैको सहभागिता र अपनत्व स्थापित भई कार्यान्वयन पनि सहज हुने उनको विश्वास छ ।

 

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS