Connect IPS
IME Life

मोरङ अटोले नेपालमा ल्यायो यामाहाको रे जेडआर हाइब्रिड स्कुटर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मोरङ अटो वर्क्सले यामाहा मोटरद्वारा उत्पादित रे–जेडआर १२५ एफआई स्ट्रिट र्‍याली हाइब्रिड स्कुटर सार्वजनिक गरेको छ। स्टाइलिश स्कुटरमा हाई स्पिड परफर्मेन्श खोज्ने पारखीहरुलाई लक्षित गर्दै यामाहाले नेपालको बजारमा समेत १२५ सिसि इन्जिन क्षमताको स्कुटरको अपडेटेड भर्जन सार्वजनिक गरेको हो

एमएओ इन्टरप्राइजेजका अनुसार हाल यो स्कुटर ‘मेट कपर’ र ‘स्पार्कल ग्रीन’ रङमा उपलब्ध छ। स्कुटरको बडीमा स्टाइलिश मेटल प्लेट, ब्रश गार्ड र फराकिलो फराकिलो बेस भएको टायर थप गरिएको छ ।

Prabhu
Crest

स्कुटरमा यामाहा मोटरको विशेष पहिचान बनेको एयर कूल्ड, फ्युल इन्जेक्टेड (एफाई) १२५ सीसी ब्लू कोर इन्जिन जडान गरिएको छ। यो प्रविधिले इन्धनको खपत घटाउने र स्कुटरको क्षमता बढाउनेछ। यो स्कूटरमा जडान गरिएको स्वचालित स्टप र स्टार्ट प्रणालीले बजारमा उपलब्ध १२५ सिसि क्षमताको अरु स्कुटर भन्दा फरक उभ्याउने कम्पनीले दाबी गरेको छ। यसमा जडान गरिएको स्मार्ट मोटर जेनेरेटर (एसएमजी)ले इलेक्ट्रिक स्टार्टर बिना नै सहजै इन्जिन स्टार्ट गरिदिन्छ। यो स्कुटरमा जडिट स्टाइलिश लुक सहितको शक्तिशाली उज्यालो बत्ती र राइडर स्क्रिनमा उपलब्ध डिजिटल मेनुले उत्कृष्ट सवारीको मज्जा दिनेछ।

स्कूटरमा त्रुटिरहित सवारी नियन्त्रण, सुरक्षा र आरामको लागि टेलिस्कोपिक सस्पेन्सन र युबिएसजडित फ्रन्ट डिस्क ब्रेक दिइएको छ । यो स्कुटरमा चालकको सिट मुनी २१ लिटर भण्डारण क्षमताको खाली ठाउँ उपलब्ध छ। जसले छोटो र लामो दूरीका लागि आवश्यक सामान सुरक्षितरुपमा भण्डारण गर्न सहज बनाउनेछ।सीट स्पेस, मल्टी फंक्सन स्विच, दुई–स्तरको सिट र पास स्विच समेत पाउन सकिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS