काठमाडौं । पूर्वाञ्चल ल्युब आयल लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन गर्ने प्रस्तावसँगै पुस २९ गते २४औं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा मोरङ, विराटनगरस्थित कम्पनीको रजिष्टर्ड कार्यलयमा उक्त दिन बिहान ११ बजे शुरु हुने जनाएको छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
सभाले प्राथमिक शेयर निष्काशन गर्ने, बोनश शेयर र नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभाले आइपीओ निष्काशनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले पारित गर्नेछ ।
सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।