Connect IPS
IME Life

धितोपत्र बोर्डमा हमाल नदोहोरिने लगभग निश्चित, बुधबारबाट ‘फोर्स लिभ’मा बस्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा रमेशकुमार हमाल नदोहोरिने लगभग निश्चित भएको छ। आफ्नो कार्यकाल सकिने केही दिनमात्रै बाँकी रहँदा हमाल बुधवारदेखि बिदामा बस्दैछन्। उनको कार्यकाल यही पुस २० गतेबाट सकिँदैछ।

सरकारले हमाल २०७८ चैत ५ गते सेबोनको अध्यक्षमा नियुक्त गरेको थियो। उनले २०७८ चैत ८ गतेबाट अध्यक्षको पदभार ग्रहण गरेका थिए।
हमाल कार्यकाल सकिनुअघि ‘फोर्स लिभ’मा बस्न लागेका हुन्। ‘जुन लिनैपर्ने भएकोले उनले लिन लागेका हुन्’, सेबोन स्रोतले भन्यो, ‘त्यसैले उनी बुधबारबाट बिदा बस्दैछन्।’

Prabhu
Crest

बिदामा बस्दा सेबोनका कार्यकारी निर्देशक विनयदेव आचार्यलाई हमालले निमित्तको भूमिका दिँदैछन्। ‘अब हमाल २० गते कार्यालयमा आउनेछन्, उनलाई बिदाइ गर्ने कार्यक्रम हुनेछ’, स्रोतले भन्यो।

हमालले आफ्नो कार्यकालमा केही महत्वपूर्ण काम गरेका छन्। ‘हमालको कार्यकालमा नयाँ ब्रोकर लाइन्सेन्स वितरणको भएको छ, ब्रोकर कमिसन पनि घटाइएको छ’, स्रोतले भन्यो, ‘मर्जरका लागि शेयर रोक्का हुने समयमा घटेको छ। चलखेल गर्नेहरुमाथि कारबाही भएको छ।’

केही राम्रा काम गर्दागर्दै पनि घटेको बजारमा धमाधम प्रिमियममा आइपीओ ल्याउन दिएर भने हमालको चर्को आलोचना भएको स्रोत बताउँछन्। ‘नयाँ स्टक एक्सचेन्जको विषयले पनि उनलाई विवादमा तान्यो’, स्रोतले भन्यो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

56%

खुसी

33%

दु :खी

0%

अचम्मित

11%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS