IME Life New
GBIME

पाँच महिनामा भित्रियो ९ अर्बको विद्युतीय गाडी, कुन क्षमताका कति ?

SPIL
NLIC

काठमाडौं । चालु आर्थिक वर्ष २०८०÷८१ को ५ महिना मंसिरसम्म ९ अर्ब रुपैयाँबराबरको विद्युतीय गाडी (ईभी) नेपाल भित्रिएका छन्।

भन्सार विभागले आज सार्वजनिक गरेको तथ्यांकअनुसार मुलुकमा ९ अर्ब रुपैयाँबराबरको ३ हजार ६८६ वटा विद्युतीय गाडी आयात भएका हुन्। उक्त संख्यामा विद्युतीय गाडी भित्रिँदा मंसिरसम्म सरकारले ४ अर्ब २८ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ।

Crest

यो अवधिसम्म सबैभन्दा धेरै ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताको गाडी बढी आयात भएको तथ्यांकले देखाएको छ। यस्ता गाडी २ हजार २८ वटा आयात भएका छन्।

सैगरी ५० किलोवाटसम्म क्षमताका १ हजार ५९५ वटा र १०० किलोवाट क्षमताभन्दा माथिका ६३ वटा गाडी आयात भएका छन्।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS