Connect IPS
IME Life

चौधरी समूहका उपाध्यक्ष निर्वाण श्रीलंकाली बैंकको सञ्चालक समिति अध्यक्ष पदमा नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चौधरी समूहका उपाध्यक्ष समेत रहेका उद्यमी निर्वाण चौधरीले श्रील‌ंकाको यूनियन बैंक अफ कोलम्बोको अध्यक्ष पदको जिम्मेवारी सम्हालेका छन् । बै‌ंकले बिहीबारदेखि लागू हुने गरी चौधरीलाई युनियन बैंकको अध्यक्ष पदमा नियुक्त गरेको घोषणा गरेको छ।

चौधरी गत अक्टोबर २०२३ मा यूनियन बैंकको सञ्चालक समितिमा गैर-कार्यकारी, गैर-स्वतन्त्र निर्देशकको रूपमा नियुक्त भएका थिए। उनी सि‌ंगापुरमा मुख्यालय रहेको सिजि क्यापिटल पार्टनर्स प्रालिका प्रबन्ध निर्देशकको हैसियतमा बै‌ंकमा प्रतिनिधित्व गरेका हुन् । काठमाडौं विश्वविद्यालयबाट स्नातकोत्तर तहसम्मको अध्ययन पुरा गरेका निर्वाणले र लन्डन बिजनेस स्कूल, बेलायत र अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीबाट उद्यमशीलता विषयमा समेत स्नातकोत्तर गरेका छन्।

Prabhu
Crest
                                  यूबिसीका अध्यक्ष निर्वाण चौधरी, सदस्यद्वय मलय मुखर्जी र सञ्जय पोखरेल(बायाँबाट क्रमशः)

युनियन बैंकको गैर कार्यकारी सदस्यमा यसअघि नै चौधरी समूहको तर्फबाट मलय मुखर्जी र नेपाली नागरिक सञ्जय पोखरेललाई समेत नियुक्त गरि सकेको छ। मुखर्जी युबिसीको सब्सिडियरी कम्पनी युबि फाइनान्सका अध्यक्ष र पोखरेल सदस्य समेत हुन् । अध्यक्ष पदमा नियुक्त निर्वाण र सदस्य पदमा नियुक्त मलय मुखर्जी दुबैजना नबिल बै‌ंक लिमिटेडको सञ्चालक समितिका सदस्य हुन् । नेपाली नागरिकको हैसियतमा विदेशी वाणिज्य बै‌ंकको सञ्चालक समितिको अध्यक्ष र सदस्य पदमा नियुक्तिको यो स‌ंभवत पहिलो अवसर हो ।

यूनियन बै‌ंकमा सिजि क्यापिटल पार्टनर्समार्फत् ७१ प्रतिशत शेयर खरिद गरेर चौधरी समूहले दक्षिण एशियाभित्र नेपाल बाहिरको मुलुकमा समेत बै‌ंकिङ सेवा क्षेत्रमा लगानी बिस्तार गरेको थियो । कल्चर फाइनान्सियल होल्डिङ्स प्राइभेट लिमिटेडको माउ कम्पनी टीपीजी एसिया (सिक्स) एसएफ प्रालिसँग कल्चर फाइनान्सियल होल्डिङ्स प्रालिको नाममा रहेको यूनियन बैंक अफ कोलम्बोको स्वामित्वको ७०.८४ प्रतिशत शेयर गत म‌ंसिर महिनामा खरिद गरेको थियो। सीजी क्यापिटल पार्टनर्स चौधरीको सीजी कर्प ग्लोबल र रविभक्त श्रेष्ठ अध्यक्ष रहेको आइजे ग्रुप(साबिक एनई ग्रुप) बीच सिंगापुरमा रहेको संयुक्त लगानीको निजी इक्विटी कम्पनी हो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%

खुसी

7%

दु :खी

7%

अचम्मित

13%

उत्साहित

13%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS