Connect IPS
IME Life

ग्लोबल आइएमई बैंकले ल्यायो विशेष घर कर्जा योजना, न्यूनतम् ब्याजदर ९.९९%

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडों । ग्लोबल आइएमई बैंक लिमिटेडले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा रु. १२ करोडसम्म कर्जा सिमा भएको विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले वर्षेनी यस्तो सरल दरमा सहज किसिमको कर्जा योजना ल्याउने गरेको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी विशेष योजना सार्वजनिक गरेको हो ।

साथै, उक्त विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहनु भएका महानुभावहरुले सहज रुपमा कर्जा सार्न सक्नेछन । यस विशेष घर कर्जा योजना अन्तर्गत सेवाग्राहीले ५ वर्षसम्मको अवधिका लागि ९.९९ देखि १०.९९ प्रतिशत, ५ देखि १० वर्षसम्मको लागि १०.९९ देखि ११.४९ प्रतिशत र १० वर्षभन्दा बढिको अवधिका लागि ११.४९ देखि ११.९९ प्रतिशत निश्चित तथा स्थिर ब्याजदरमा रु. १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउनेछन् ।

Prabhu
Crest

बैंकले ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा निहित रहीे आवश्यक कागजातहरु पेश गरेको ३ कार्य दिन भित्र विना झन्झट कर्जा प्रवाह गर्नेछ ।

ग्राहक महानुभावहरुले देशैभरका ७७ वटै जिल्लामा फैलिएको बैंकका ३५५ वटा शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्नुहुनेछ । सिमित अवधिको लागि ल्याइएको यस योजनाबाट लाभ लिन सम्बन्धित सबै पक्षहरुलाई हार्दिक अनुरोध छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS