IME Life
GBIME

कर्णाली प्रदेशका गैर सरकारी संस्था तथा वित्तीय क्षेत्रसँग बीमासम्बन्धी अन्तरक्रिया सम्पन्न

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालयले कर्णाली प्रदेशमा कार्यक्षेत्र रहेका गैर सरकारी संस्था तथा वित्तीय क्षेत्रसँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय कृष्ण बहादुर जि.सीको प्रमुख आतिथ्यतामा गैर सरकारी संस्था तथा ति अन्तरगतका विभिन्न विपद जोखिमसँग जोडिएका परियोजनाका कार्यालय प्रमुखहरू तथा प्रतिनिधीहरु, विभिन्न वित्तीय निकायका प्रदेश प्रमुख तथा प्रतिनिधीसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयका मन्त्री मा जि.सीले बीमा क्षेत्रमा रहेका समस्याहरु समाधान गर्न तथा तथा यस प्रदेशका जनताको जोखिम व्यवस्थापन गरी आर्थिक सुनिश्चितता प्रदान गर्ने कार्यमा बीमा प्राधिकरणसँग समन्वय गर्न प्रदेश सरकार सधै तयार रहेको बताए ।

Crest

मन्त्री जि(सीले कर्णाली प्रदेशको भूगोलमा प्राकृतिक जोखिम लगायत अन्य धेरै प्रकारका जोखिम रहेकोमा त्यसको हस्तान्तरण गर्न बीमालाई समुदायस्तरसम्म कसरी पुर्‍याउने भन्ने कुरा चुनौतिपूर्ण रहेको बबताए ।

बीमाको पहुँचमा विस्तार हुन नसक्दा जोखिममा परेका दुर दराजका समुदायमा दुर्घटना बीमा, घर बीमा लगायतका विषयमा विपद् परिसकेपछि मात्र जानकारी पाउने अवस्था रहेको समेत मन्त्री जि.सीले जानकारी गराए ।

कर्णाली प्रदेश सरकारले बीमाको आवश्कता बुझेर कर्णाली प्रदेशमा बसोबास गर्ने नागरिक तथा अन्य क्षेत्रबाट यस प्रदेशमा आएका कार्य गर्ने नागरिकका लागि रु। दुई लाखको प्राकृतिक प्रकोप दुर्घटना बीमा गराएको बताए । कर्णाली प्रदेशमा हालसालै गएको विनासकारी भुकम्पमा परि मृत्यु भएका मृतकका हकवालालाई उक्त रकमले ठुलो राहत पुगेको समेत मन्त्री जि.सिले उल्लेख गरे ।

कर्णाली प्रदेश सरकारले लघुबीमा अन्तरगत कर्णालीका सबै घरहरुलाई समेत बीमाको दायरामा ल्याउने गरी घर बीमाको कार्यक्रम कार्यान्वयनको चरणमा रहेको समेत बताए ।

कार्यक्रममा गैर सरकारी संस्था महासंघ, कर्णाली प्रदेशका अध्यक्ष घनश्याम के.सीले शुभकामना मन्तव्य दिँदै बीमालाई फाइदाको रूपमा लिनु भन्दा पनि सेवामुखी र गुणस्तरीय बनाउन जरूरी रहेको कुरा बताए । साथै आगामी दिनमा नेपाल बीमा प्राधिकरणसँग गैरसरकारी संस्थाले पनि सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

छलफलको क्रममा सहभागीहरूले अपाङ्गता भएका व्यक्तिलाई समेट्ने खालको बीमालेख बनाउनुपर्ने, कृषि बीमामा रहेको समस्याहरु पहिचान गरी नागरिकलाई कृषि बीमामा आवद्ध गर्नुपर्ने, सेवा प्रदायक बीमा कम्पनीहरुले ग्रामिण स्तरसम्म सेवा प्रवाह गर्नुपर्ने, बीमाका कार्यक्रमहरुलाई ग्रामिण स्तरसम्म पुर्‍याउनुपर्ने, बीमा दाबी प्रकृयालाई सरलिकृत बनाउनुपर्ने तथा विपद तथा जोखिममा संस्थागत सामाजिक उत्तरदायित्व समेत वहन गर्नुपर्ने कुरा उठाएका थिए ।

स्पाइनल कर्ड इन्जुरी संघका प्रतिनिधि धर्मराज रावलले अपाङ्गता भएका व्याक्तिलाई बीमा गर्दा सहजिकरण गरिदिनुपर्ने तथा अंपागमैत्री बीमालेखहरु समेत बनाउन सुझाव दिए । त्यस्तै हेल्वेटास नेपालका कर्णाली संयोजक टेक बहादुर सिंहले गैर सरकारी संस्थाहरुले बीमाका कार्यक्रम प्रवर्द्धन गर्न तथा बीमितलाई बीमा प्रिमियमा समेत विपन्न वर्गलाई सहयोग गर्न तयार रहेको तर कृषि बीमाका लागि तोकिएका जिल्लामा बीमा कम्पनीले सेवा प्रवाह नगरेको गुनासो गरे ।

साविक बीमा समिति स्थापना भएको ‍तथा कृषि बीमा सुरुवात भएको लामो समय वितिसक्दा पनि कृषि बीमाको बारे हालसम्म पनि किसान जानकार नहुनु तथा कृषि बीमका कार्यक्रमहरु ग्रामिण स्तरमा प्रभावकारी नभएको समेत गुनासो गरे ।

पशुपन्छी तर्फ एकाध बीमालेख जारी हुने गरेतापनि कृषि तर्फ भने बीमाको कार्यक्रम प्रभावकारी रुपमा किसानसमक्ष नपुगेकाले प्राधिकरणले सो सम्बन्धमा ठोस कदम चाल्नुपर्ने सुझाव दिए ।

बीमाका विषयमा राम्रो ज्ञान नलिई जीवन बीमा अभिकर्ताहरुले जनतामा अपवाह फैलाउदा बीमा प्रतिको विश्वसनियता अभिवृद्धि हुन नसकेको तर्फ उहाले प्राधिकरणको ध्यान आकर्षण गराए । कृषि बीमा कार्यक्रमलाई प्रवर्द्धन गर्न आफ्नो संस्थाले कृषि बीमा अभिकर्ता, प्राविधिक, क्षति मुल्याङ्कनकर्ताको तालिमका लागि सहयोग गरिरहेको समेत सिंहले बताए ।

त्यस्तै छलफलमा सहभागी गैर सरकारी संस्थाहरु, परियोजना प्रमुखहरु तथा ति निकट संघ तथा महासंघका प्रतिनिधिहरुले बीमाबारे विभिन्न जिज्ञासा तथा सुझावहरु राखेका थिए ।

छलफलको क्रममा उठेका विभिन्न प्रश्‍न तथा जिज्ञासालाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका उपनिर्देशक तथा कर्णाली प्रदेश कार्यालय प्रमुख पदम प्रसाद सोडारीले बीमा क्षेत्रमा देखिएका हरेक विसंगतिहरुको सत्यतथ्य जानकारी प्राधिकरणलाई उपलब्ध गराउन आग्रह गरे ।

बीमको विकास तथा जोखिम व्यवस्थापनको क्षेत्रमा सबै सरोकारवालासँग समन्वय गरेर अगाडि बडने कुरा समेत सोडारीले प्रष्ट पारे । यस क्षेत्रको प्रवर्द्धन गरी जनताको जोखिम लाई व्यवस्थापन गर्न बीमा सम्बन्धी कार्यक्रमहरु लिएर प्राधिकरण सबै तहका सरकासँग पुग्ने समेत बताउनुभयो । उहाँले प्राधिकरण नेपालमा अर्धन्यायिक निकाय भएको हुँदा बीमा क्षेत्रमा देखिएको जुनसुकै विकृति तथा विसंगतिलाई नियन्त्रण गर्दै बीमितको हक हित संरक्षणमा प्रतिबद्ध रहेको बताए ।

छलफलका क्रममा उठेका स्वास्थ बीमाका विषयमा स्वास्थ बीमा बोर्डका कर्णाली प्रदेश संयोजक सृजना पौडेलले प्रकाश पारेकी थिइन् । कार्यक्रममा कार्यालय प्रमुख सोडारीले बीमाको अवस्था, जोखिम व्यवस्थापनमा यसको भुमिका, बीमा विकासमा प्रदेश सरकार, गैर सरकारी संस्था तथा वित्तिय संस्थाहरुको भुमिका, प्रदेश सरकार, गैर सरकारी संस्था तथा वित्तीय क्षेत्रसँग बीमा प्राधिकरणको हुनसक्ने समन्वय लगाएत कर्णाली प्रदेशमा रहेका बीमाका समस्याहरु, समाधानका उपायहरु लगाएतका बीमा सम्बन्धी विषयवस्तु समेटिएको प्रस्तुतिकरण दिएका थिए ।

त्यस्तै कार्यक्रममा नेपाल राष्ट्र बैकका सुर्खेत कार्यालय प्रमुख बाबुराम कोइरालाले वित्तीय क्षेत्रका आर्थिक परिसुचकहरु, कर्णालीमा त्यस्ता परिसूचकको अवस्था, केन्द्रीय बैक तथा अन्य वित्तीय संस्थाले बीमा सँग विपद तथा जोखिम व्यवस्थापनको क्षेत्रमा गर्नसक्ने सहकार्य एंव समन्वय लगाएतका विषयवस्तुमा केन्द्रित रहेर संक्षिप्त प्रस्तुतिकरण गरेका थिए । नेपाल राष्ट्र बैंकले पनि बीमालाई प्रोत्साहन गर्न भारतीय बीमा कम्पनीको पोलिसी खरिद गर्न, प्रिमियम तिर्न प्रतिबन्ध लगाएको व्यहोरा समेत कोइरालाले जानकारी गराए ।

प्रदेश सरकार, गैर सरकारी क्षेत्र तथा वित्तीय क्षेत्रको जोखिम व्यवस्थापन रणनीति तथा विपद व्यवस्थापनसँग सम्बन्धित कार्यक्रमको कार्यान्वयन गर्न सहयोग गर्न, प्रदेशमा कार्यक्षेत्र भएका गैर सरकारी तथा अन्य वित्तीय संस्थाहरुसँग जोखिम व्यवस्थापनको क्षेत्रमा सहकार्य र समन्वय स्थापित गर्न, विपद र जोखिम व्यवस्थापनको क्षेत्रमा बीमाको प्रयोग गर्न प्रोत्साहित गर्न तथा बीमालाई विपन्न नागरिकको पहँचमा पुर्‍याउन निजि, सरकारी तथा गैर सरकारी क्षेत्रसँग सहकार्य गर्न सहयोग पुग्ने उदेश्यले प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले उक्त कार्यक्रम आयोजना गरेको थियो ।

प्राधिकरणको कर्णाली प्रदेश कार्यालयको प्रमुख पदमप्रसाद सोडारीले अध्यक्षता गरेको उक्त कार्यक्रम प्राधिकरणका सहायक निर्देशक विनोद भुसालले संचालन गरेका थिए भने स्वागत मन्तव्य प्राधिकरणका सहायक निर्देशक केशवराज भण्डारीले दिएका थिए ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS