Connect IPS
IME Life

यस साता सूर्यज्योति र सन लाइफका शेयरधनी भए मालामाल, अरु बीमा कम्पनीको प्रदर्शन कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यस साता शेयर बजार सूचक र कारोबार दुवै बढेको छ। नेप्से परिसूचक गत साताको तुलनामा ५.७४ प्रतिशत अर्थात ११४.५ अंकले बढेको छ। यस साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से घटेर २१०९.१० मा बन्द भएको छ। गत साताको बिहीबार नेप्से १९९४.६० को विन्दुमा बन्द भएको थियो।

यस साता बजार पुँजीकरण पनि १ खर्ब ९९ अर्ब ८१ करोड रुपैयाँले बढेको छ। बजार पुँजीकरण बढेर यो साता ३२ खर्ब ७६ अर्ब ३३ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत साता बिहीबार बजार पुँजीकरण ३० खर्ब ७६ अर्ब ५२ करोड रुपैयाँ थियो। यो लगानीकर्ताको सम्पत्ति करिब साढे ६ प्रतिशतले बढेको छ।

Prabhu
Crest

नेप्से उपसमूहमा रहेका जीवन र निर्जीवन दुवै समूह यो साता बढेको छ। दुवै सूचक बढ्दा जीवन बीमामा रहेका १२ वटा कम्पनीमध्ये १० वटाको शेयरभाउ बढेको छ भने २ वटाको घटेको छ। त्यस्तै, निर्जीवन बीमा समूहमा रहेका १२ वटा कम्पनीमध्ये १० वटाको शेयरभाउ बढेको छ भने दुईवटाको घटेको छ।

जीवन बीमा समुह
जीवन बीमा समूहतर्फ सूर्यज्योति लाइफका शेयरहरुले सर्वाधिक कमाए। यो कम्पनीको शेयरभाउ ९.४५ प्रतिशतले बढेको छ। गत साता बिहीबार प्रतिकित्ता ५२९ रुपैयाँ रहेको यो कम्पनीको शेयरभाउ बढेर यो साता बिहीबार ५७९ रुपैयाँ पुगेको छ।

त्यसैगरी सन नेपाल लाइफको शेयरभाउ पनि अघिल्लो साताको तुलनामा ८.४९ प्रतिशतले बढेको छ। गत साताको बिहीबार यो कम्पनीको शेयरभाउ ४९४ रुपैयाँ थियो। यो साता बिहीबार बढेर ५७५ रुपैयाँ पुगेको छ।

त्यस्तै रिलायबल नेपाल लाइफका शेयरधनीहरुले यो साता धेरै कमाए। यो कम्पनीको शेयर भाउ अघिल्लो साताको तुलनामा यो साता ६.९५ प्रतिशतले बढेर ५८५ रुपैयाँ पुगेको छ।

यो साता सिटिजन लाइफको शेयरभाउ ४.९ प्रतिशत, हिमालयन लाइफको ३.५९ प्रतिशत, आइएमई लाइफको १.९१ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेसनको २.९९ प्रतिशत, नेपाल लाइफको ३.३६ प्रतिशत र नेशनल लाइफको २.२८ प्रतिशतले बढेको छ। मर्जर प्रक्रिया पूरा गरी यो साताबाट कारोबारमा आएको प्रभु महालक्ष्मी लाइफको शेयरभाउ पनि बढेर यो साता ६०१ रुपैयाँ पुगेको छ।

एशियन लाइफ र सानिमा रिलाइन्स लाइफको शेयरभाउ भने घटेको छ। यी दुवै कम्पनीको शेयरभाउ यो साता क्रमशः ०.७३ प्रतिशत र ३.०४ प्रतिशतले घटेको छ।

निर्जीवन बीमा समुह
निर्जीवन बीमातर्फ भने यो साता राष्ट्रिय बीमा कम्पनीका शेयरधनीहरु मालामाल भए। यो कम्पनीको शेयरभाउ यो साता ७.१६ प्रतिशतले बढेर १५ हजार २७०.४ रुपैयाँ पुगेको छ। अघिल्लो साता बिहीबार यो कम्पनीको शेयरभाउ १४ हजार २५० रुपैयाँ थियो। प्रभु इन्स्योरेन्सको शेयरभाउ पनि यो साता ३.६६ प्रतिशतले बढेर ८१९ रुपैयाँ पुगेको छ। अघिल्लो साता बिहीबार ७९०.१० रुपैयाँ थियो।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयरधनीहरुले पनि यो साता ३.११ प्रतिशत रिटर्न पाएका छन्। गत बिहीबार प्रतिकित्ता ७४४.८० रुपैयाँ रहेको यो कम्पनीको शेयरभाउ यो साता बिहीबार ७६८ रुपैयाँ पुगेको छ।

यो साता आइजीआई प्रुडेन्सियलको शेयरभाउ २.०१ प्रतिशत, नेपाल इन्स्योरेन्सको २ं१२ प्रतिशत, नेको इन्स्योरेन्सको २.०२ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.१४ प्रतिशत, सानिमा जीआईसीको २.४३ प्रतिशत, शिखर इन्स्योरेन्सको १.०४ प्रतिशतत र युनाइटेड अजोडको १.५१ प्रतिशतले शेयरभाउ बढेको छ।

हिमालयन एभरेस्ट र एनएलजी इन्स्योरेन्सका शेयरधनीहरुले भने यो साता गुमाए। यी दुवै कम्पनीको शेयरभाउ क्रमशः १.२९ प्रतिशत र २.०७ प्रतिशतले घटेको छ। ञ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS