काठमाडौं । उपकार लघुवित्त वित्तिय संस्था लिमिटेडले पाँचौ वार्षिक साधारण सभा पुस २८ गते गर्ने भएको छ । सभा होटेल ट्रीटप ह्याभेन कोहलपुर ११ बाँकेमा गर्ने जनाएको हो । सभा बिहान १० बजे शुरु गर्ने कम्पनीले जनाएको छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आथिृक वर्षको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले सर्वसाधारण समुहबाट सञ्चालक निर्वाचन गरी नियुक्ती पनि गर्नेछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन ।
सभाले यस लघुवित्त वित्तीय संस्था र अन्य कुनै पनि लघुवित्त वित्तीय संस्था मर्ज तथा प्राप्ती सम्बन्धी प्रक्रिया अगाडि बढाउनको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १७ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।