Connect IPS
IME Life

आउँदो माघ ८ बाट चन्द्रागिरी हिल्समा संस्थापक, स्थानीय र कर्मचारीको शेयरको लकइन समय सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चन्द्रागिरी हिल्सको शेयरको लकइन समयावाधि आउँदो माघ ८ गतेबाट समाप्त हुने भएको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गरी शेयरको लकइन समयावधि समाप्त हुनेबारे जानकारी गराएको हो। कम्पनीको साधारण सेयर २०७७ माघ १७ गतेदेखि पुस १ गतेसम्म स्थानीयका लागि तथा २०७७ पुस २४ गतेदेखि पुस २८ गतेसम्म सर्वसाधारण (कर्मचारीसहित)मा निष्कासन तथा बिक्री खुला गरिएको थियो। उक्त शेयर २०७७ माघ ९ गते बाँडफाँड गरिएको थियो।

Prabhu
Crest

सार्वजनिक निष्कासन गरी बाँडफाँड गरिएको मितिले ३ वर्ष समाप्त नभएसम्म संस्थापक शेयरधनीले धारण (होल्ड) गरेको शेयर, स्थानीय बासिन्दा तथा कर्मचारीलाई बाँडफाँट गरिएको शेयर लकइनमा राख्नुपर्ने व्यवस्था रहेको छ। सोहीबमोजिम उक्त शेयरको लकइन समायावधि आउँदो माघ ८ गते समाप्त हुने कम्पनीले जनाएको छ।

कम्पनीमा संस्थापक शेयर १ करोड ३५ लाख कित्ता, स्थानीयको शेयर ३ लाख ६ हजार ८१९ कित्ता र कर्मचारीको शेयर ६१ हजार ३६४ कित्ता रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS