काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले लेखापरीक्षक नियुक्त गरेको छ ।
कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/ ८० को लागि लेखापरीक्षक नियुक्त गर्न कम्पनी रजिष्ट्रारको कार्यालयलाई गरिएको अनुरोधमा सो कार्यालयको पुस ५ गतेको पत्रबाट एसएआर एशोसिएट्सलाई नियुक्तीको लागि स्वीकृति प्राप्त भएको कम्पनीले जनाएको छ । सोही आधारमा कम्पनीले पुस ५ गतेबाट नै लागू हुनेगरी एसएआर एशोसिएट्सलाई लेखापरीक्षकमा नियुक्त गरेको छ ।
1703160822415