काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीको शेयर मुल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले मुल्य समायोजन गरी नयाँ मुल्य निर्धारण गरेको हो । नेप्सेले कम्पनीको १० प्रतिशत बोनश शेयरमा मुल्य समायोजन गरेको हो ।
कम्पनीको आज पुस ५ गते अन्तिम कारोबार ५७१ रुपैयाँ ८० पैसाको आधारमा मुल्य समायोजन गरेको हो । मुल्य समायोजनपछि कम्पनीको शेयर मुल्य ५१९ रुपैयाँ ८२ पैसा कायम भएको छ । अब भोलि यही मुल्यलाई आधार मानेर दोस्रो बजारमा कारोबार खुल्नेछ ।