काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३२ दशमलव ७७ अंकले घटेर २,१०९ को विन्दुमा कायम भएको छ । आज ५० कम्पनीको शेयर मुल्य बढेको छ भने १९१ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै पाँच कम्पनीका लगानीकर्ताले कमाएका छन् । यी पाँच कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज बोटलर्स नेपाल बालाजू, आशा लघुवित्त, धौलागिरी लघुवित्त, विपीडब्लु लघुवित्त र चिरख्वा हाइड्रोका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै, पाँच कम्पनीका लगानीकर्ताले ९ दशलमव ९६ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्स्योरेन्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशलमव ४४ प्रतिशतका दरले गुमाएका हुन् ।