Connect IPS
IME Life

वाणिज्य बैंकमध्ये ३ वटाको लाभांश घोषणा हुन बाँकी, ११ वटाले दिने निर्णय गर्दा ५ वटाले बनाए लगानीकर्तालाई निराश

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १९ वटा वाणिज्य बैंकमध्ये अझै ३ वटाले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गर्न बाँकी रहेको छ। अहिलेसम्म ११ वटाले लाभांश घोषणा गरिसकेका छन् भने ५ वटाले लाभांश वितरण नगर्ने निर्णय गरेका छन्।

वाणिज्य बैंकमध्ये एनआइसी एसिया, माछापुच्छ्रे, एभरेष्ट, सानिमा, लक्ष्मी सनराइज, नेपाल एसबीआई, ग्लोबल आइएमई, नबिल, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ र सिटिजन्स बैंकले लाभांश घोषणा गरिसकेका छन्। यी ११ वटामध्ये नबिल, स्ट्यान्डर्ड चार्टर्ड र सिद्धार्थ सिटिजन्सले नगद लाभांशमात्रै घोषणा गरेका छन् भने बाँकी ७ वटा बोनस शेयर पनि घोषणा गरेका छन्।

Prabhu
Crest

उक्त आर्थिक वर्षका लागि सबैभन्दा बढी एनआइसी एसिया बैंकले २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५२ प्रतिशत नगद लाभांश रहेको छ। सबैभन्दा कम लाभांश घोषणा गर्नेमा सिद्धार्थ बैंक रहेको छ। यो बैंकले ४.२१ प्रतिशत नगद लाभांशमात्रै घोषणा गरेको छ।

लाभांश नबाँड्ने निर्णय गर्ने वाणिज्य बैंकहरुमा प्राइम, हिमालयन, एनएमबि, कुमारी र नेपाल बैंक रहेका छन्। लाभांश घोषणा गर्न बाँकी बैंकमा प्रभु, नेपाल इन्भेस्टमेन्ट र कृषि विकास बैंक छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS