IME Life
GBIME

शिवम् अर्गनाईजेशनले आरआर इन्टरनेशनल हस्पिटल निर्माण गर्दै

SPIL
NIC ASIA new
NLIC

शिवम् अर्गनाईजेशनले  गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मोरङ्ग जिल्लाको वुढिगंगा गाँउपालिका वडा नंं १ मा शुरुमा २०० सैया क्षमताको अस्पताल निमार्ण गर्न लागेको छ । हाल यसलाई १०० शैंयाको Multi Speciality हस्पिटल संचालन गर्ने र क्रमश ३०० शैया सम्म विस्तार गर्ने लक्ष्य लिइएको अर्गनाईजेशनले  जनाएको छ ।

 नेपाल सरकारबाट निर्धारित गरिएको आवश्यक कानुनी प्रक्रिया पुरा गरी निर्माण हुन गइरहेको अस्पताललाई RR International Hospital नामाकरण गरिएको छ । यस अस्पतालबाट जटिल स्वास्थ्य सेवाको निम्ति विदेश र राजधानीका अस्पताल धाउनु पर्ने बाध्यतालाई कम गरी गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ ।

Crest

 अर्गनाईजेशनका अनुसार यस अस्पताललाई Center of Excellence का रुपमा विकास गरी Super Speciality स्वास्थ्य सेवा दिने महत्वपूर्ण केन्द्र वनाउन लागिएको छ । अस्पतालले मुटुरोगको उपचारलाई प्राथमिकतामा राखी २४ सै घण्टा Emergency सेवा Cardiac Emergency सेवा र Cath Lab जस्ता सेवा सुविधा उपलब्ध गराउने छ । यसको अलवा अस्पतालवाट जनरल मेडिसन, न्यूरो सर्जरी, जनरल सर्जरी, मृगौला रोग, मुत्ररोग, स्त्रीरोग तथा प्रसुती सेवा, आँखा रोग, नवजात शिशु तथा बालरोग, हाडजोर्नी तथा नशाको विशिष्टिकृत उपचार सेवा उपलब्ध गराउने योजना रहेको छ । सबै किसिमका शल्यक्रिया आधुनिक र विश्वसनीय प्रविधि तथा उपकरणको माध्यमबाट हुने गरी पूर्वाधार सुनिश्चित गरिने छ । स्वास्थ्य सेवामा रोगको पहिचान अत्यन्तै महत्वपूर्ण पाटो भएकाले Diagnostic Department लाई अन्तराष्ट्रिय स्तरको बनाइने छ।

अस्पतालको लागत करिव २ सय ५० करोड पुग्ने अनुमान गरिएको छ । निर्माणाधीन अस्पतालका सञ्चालक अध्यक्ष राजेन्द्र राउत रहेका छन् । उनी लामो समयदेखि विभिन्न उद्योग व्यवसायका क्षेत्रमा संलग्न रहँदै आएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्षको रुपमा कार्यरत राजेन्द्र राउत, नेपाल उद्योग वाणिज्य महासंघका स्थायी समिति सदस्य तथा सार्क चेम्वर अफ कमर्शका कार्यसमिति सदस्य समेत छन्।

अलग किसिमको पारिवारीक पृष्ठभूमि र उद्योग व्यवसायको विरासत विना नै यस क्षेत्रमा प्रवेश गरेका यस संस्थाका अध्यक्ष ज्यूले गार्मेन्ट निर्यात उद्योगबाट आफ्नो पहिचान वनाउनु भएको थियो । हाल चुनढुंगा खानी सञ्चालन गरी सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ उपलब्ध गराउँदै आएका व्यावसायी राउतका विभिन्न उत्पादन मुलक उद्योग तथा व्यवसाय सञ्चालित छन् । जुत्ता चप्पल उत्पादन, सिमेन्ट उद्योग, पेट्रोलियम पदार्थ, तथा ट्रेडिंग कारोवार संचालनमा रहेका छन् भने निकट भविष्यमै काठमाण्डौंमा अत्याधुनिक पांचतारे होटल केहि महिना भित्रै सञ्चालनमा आउने छ । यसैगरी विराटनगरमा हाउजिंग कम्पनी, पांचतारे होटल र स्वास्थ्य सेवासंगै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले Medical/ Paramedical/ Nursing College को समेत स्थापना गर्दै लगिने योजना रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS