Connect IPS
IME Life

एक पप सिंगरबाट अर्थव्यवस्थामा कस्तो पर्यो प्रभाव ? यस्तो छ टेलर स्विफ्टको रोचक कथा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । खचाखच भरिएको स्टेडियम । त्यसमा लाखौँ दर्शकको भीड र मधुरो बत्तीबाट उठेको चर्को कोलाहल…। अमेरिकी पप गायिका टेलर स्विफ्ट हातमा माइक लिएर कन्सर्टमा प्रस्तुति दिन आउँदा यस्तै दृश्य हुन्छ। यसलाई ‘स्विफ्टोनमिक्स’ वा ‘टेलरनोमिक्स’ भन्न सकिन्छ। तर, सत्य यो हो कि ३४ वर्षीया टेलर स्विफ्टको फ्यान फलोइङ यति बलियो छ कि उनले हरेक दिन संगीतको दुनियाँमा सबै रेकर्ड मात्र तोडिरहेकी छैनन्, अमेरिकी अर्थतन्त्रलाई पनि बढावा दिइरहेकी छन्।

अमेरिकीहरु टेलर स्विफ्टको लाइभ कन्सर्टका लागि पागल छन्। उनले कुनै पनि सहरमा कन्सर्ट गर्दा रंगशाला खचाखच भरिएको हुन्छ। यसबाट शो आयोजना गर्ने व्यक्तिलाई मात्र फाइदा पुग्दैन खानेकुरा, होटल, ट्याक्सी, क्याब, रेल र उडान आदिको पनि ठूलो बिक्री हुने गर्दछ। यसको फाइदा अमेरिका र अन्य धेरै पश्चिमी देशहरुको अर्थतन्त्रमा पुग्छ। हालै उनको द इरास टुर निकै सफल भएको छ।

Prabhu
Crest

कोरोनाले पर्यटन क्षेत्रलाई ठूलो नोक्सानी व्यहोर्नुपरेको छ। तर, जहाँ–जहाँ टेलर स्विफ्टको शो आयोजना भयो, ती स्थानहरुमा पर्यटन उद्योगले गति लिएको छ। यसको मुख्य कारण टेलर स्विफ्टको कार्यक्रममा भाग लिन टाढा–टाढाबाट मानिसहरु आउनु नै हो। जसका कारण होटल, बार र पर्यटन उद्योगसँग आबद्ध धेरै व्यवसायीले निकै फाइदा उठाएका छन्।

उदाहरणका लागि टेलरले गत मे महिनामा फिलाडेल्फियामा एउटा कार्यक्रम गरेकी थिइन्। त्यो शोपछि फिलाडेल्फियाको फेडरल रिजर्भ बैंकले त्यस क्षेत्रमा पर्यटन उद्योगले गति लिएको जनाएको छ। कोरोना महामारीपछि मे महिना सबैभन्दा बढी कमाइ गर्ने होटेल, बार र पर्यटन उद्योगसँग सम्बन्धित व्यवसायी बनेको थियो।

गत अगस्ट ९ मा क्यालिफोर्नियामा आयोजित टेलर स्विफ्ट कन्सर्टमा लगभग ५४ हजार दर्शक उपस्थित थिए। यसबीचमा औसत टिकट लगभग २५४ डलरमा बेचिएको थियो। जब कि टिकटको रिसेल मूल्य हजारौं र दसौं हजार डलरले बढ्यो।

ब्लुमबर्गका अनुसार टेलर स्विफ्टको प्रत्येक एरा शोले लगभग १३ मिलियन डलर कमाएको छ। यसअघिका २२ कन्सर्टपछि स्विफ्टले ३०० मिलियन डलरभन्दा बढी कमाइ गरेकी छन्।

मिडिया रिपोर्टका अनुसार एक सर्वेक्षणले टेलर स्विफ्टको शोमा जान प्रत्येक व्यक्तिले औसतमा १३०० डलर खर्च गरेको खुलासा भएको छ। टिकट मूल्यबाहेक यसमा कपडा, होटल, खाना र पेय पदार्थ र क्याब वा ट्याक्सीका लागि पैसा पनि समावेश छ।

टेलर स्विफ्ट विश्वका शीर्ष कलाकारहरुमा पर्छिन्। संसारभरि उनका फ्यानहरु छन् र उनका पपगीतहरुले वर्षौंदेखि संसारलाई पागल बनाएको छ। ट्विटरमा उनका ९४.९ मिलियन र इन्स्टाग्राममा २७९ मिलियन फलोअर्स छन्। –एजेन्सीको सहयोगमा

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS