काठमाडौं । शेयर बजार लगाता सातौँ दिन बुधबार पनि उकालो लागेको छ।
नेप्से परिसूचक आज ३५.३९ अंकले बढेर २१४१.८७ को विन्दुमा बन्द भएको छ। आज १६१ कम्पनीको मूल्य बढेको छ भने ७८ वटाको घटेको छ। ५ वटाको भने स्थिर रहेको छ।
आज बजारमा ७ अर्ब रुपैयाँ माथिको कारोबार भएको छ। शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको बजारमा आज उच्च कारोबार गर्ने शीर्ष १० मा २ वटा जीवन बीमा कम्पनी पर्न सफल भएका छन्। आज रिलायबल नेपाल लाइफ र हिमालयन लाइफ शीर्ष १० भित्र पर्न सफल भएका हुन्।
आज उच्च कारोबार भएका शीर्ष १० कम्पनी
- शिवम सिमेन्टः ३७ करोड ३४ लाख रुपैयाँ
- सोल्टी होटलः २४ करोड ५३ लाख रुपैयाँ
- सोनापुर मिनरल्सः २० करोड १५ लाख रुपैयाँ
- हिमाल दोलखा हाइड्रोपावरः १८ करोड १३ लाख रुपैयाँ
- निफ्राः १७ करोड ५४ लाख रुपैयाँ
- रिलायबल नेपाल लाइफः १६ करोड ७३ लाख रुपैयाँ
- हिमालयन लाइफः १३ करोड ९१ लाख रुपैयाँ
- माउन्टेन इनर्जीः १३ करोड २४ लाख रुपैयाँ
- घोराही सिमेन्टः १३ करोड ७ लाख रुपैयाँ
- नागरिक लगानी कोषः १२ करोड ६० लाख रुपैयाँ