काठमाडौं । नेप्से परिसूचक आज पुस ३ गते २१०० को मनोवैज्ञानिक विन्दुभन्दा माथि बन्द भएको छ। नेप्से परिसूचक करिब ४६ अंकले बढेर २१०६.४८ विन्दुमा बन्द भएको हो। बजार २.२३ प्रतिशतले वृद्धि हुँदा ५ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएको छ।
आजको ब्रोकरको फ्लोरसिट हेर्दा ब्रोकर नं. ४५ ले सर्वाधिक कारोबार गरेको छ। यो ब्रोकरबाट ५० करोड १८ लाख रुपैयाँको खरिद हुँदा २१ करोड ५५ लाख रुपैयाँको शेयर बिक्री भएको छ।
त्यस्तै दोस्रोमा ब्रोकर नं. ३८ रहेको छ। यो ब्रोकरबाट १३ करोड ३७ लाख रुपैयाँको शेयर खरिद हुँदा ४४ करोड ५२ लाख रुपैयाँको शेयर बिक्री भएको छ।
आज शीर्ष कारोबार गर्ने ५ ब्रोकरलाई हेर्दा २ ब्रोकरको खरिद धेरै छ भने ३ ब्रोकरको बिक्री धेरै देखिन्छ।
नेप्से २१०० माथि बन्द भएको दिन ठूला ब्रोकरबाट खरिद धेरै कि बिक्री ?
![](https://insurancekhabar.com/wp-content/uploads/2023/05/floorsheet-banner-IK-1.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)