काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ।
नेप्से परिसूचक आज २७.७५ अंकले बढेर २०२२.३५ को विन्दुमा बन्द भएको छ। बजारमा आज ५ अर्ब १५ करोड रुपैयाँ बढीको कारोबार भएको छ।
यो दिन हिमाल दोलखा हाइड्रोपावरको आज सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको २५ करोड १२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
आज उच्च कारोबार गर्ने शीर्ष १० मा ३ वटा जीवन बीमा कम्पनी पर्न सफल भएका छन्। जसमा रिलाबयल नेपाल लाइफ, नेपाल लाइफ र आइएमई लाइफ रहेका छन्।
यी हुन् उच्च कारोबार भएका १० कम्पनी
- हिमाल दोलखा हाइड्रोपावरः २५ करोड १२ लाख रुपैयाँ
- सोनापुर मिनरल्सः १६ करोड ६५ लाख रुपैयाँ
- रिलायबल नेपाल लाइफः १६ करोड १५ लाख रुपैयाँ
- शिवम सिमेन्टः १४ करोड ५ लाख रुपैयाँ
- अरुण काबेली पावरः १२ करोड ९५ लाख रुपैयाँ
- युनाइटेड इदी मर्दीः ९ करोड ६१ लाख रुपैयाँ
- अपी पावरः ९ करोड ४९ लाख रुपैयाँ
- हाथवे इन्भेस्टमेन्टः ९ करोड २३ लाख रुपैयाँ
- नेपाल लाइफः ८ करोड ८४ लाख रुपैयाँ
- आइएमई लाइफः ८ करोड ६३ लाख रुपैयाँ