काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई ४ दशमलव ७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव २५ प्रतिशत नगद गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त प्रस्तावित लाभांश आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीमा वितरण हुनेछ ।
कम्पनीले पुस २९ गते दशौं वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । साधारणसभा अनुपम फुडल्यान्ड बत्तिसपुतली काठमाडौंमा आयोजना गर्ने जनाएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
1702639542649