IME Life
GBIME

पेट्रोलियम इन्धनको मूल्य प्रति लिटर ३ रुपैयाँले सस्तियो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल आयल निगमले पेट्रेलियम पदार्थको मूल्य घटाएको छ। निमगले शुक्रबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको बिक्री मूल्य घटाएको हो।

निगमका अनुसार तीनै प्रकारका इन्धनमा प्रति लिटर तीन रुपैयाँका दरले मूल्य घटाइएको छ। निगमका अनुसार इण्डियन आयल कर्पोेरेसनले २९ मंसिरमा पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजेलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको छ ।

Crest

निगमले तोकेको नयाँ मूल्य अनुसार काठमाडाै‌ं पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रति लिटरको मूल्य १६७ रुपैयाँ कायम गरिएको छ। यस्तै, डिजेल र मट्टितेल १५७ रुपैयाँ कायम गरिएको छ। यसअघि गत म‌ंसिर १५ गते पेट्रोलमा २ र मट्टीतेल डिजलमा ४ रुपैयाँ प्रति लिटरका दरले मूल्य घटाइएको थियो ।

काठमाडाै‌ं उपत्यकाको भक्तपुर जिल्लातर्फ जडिबुटी पुल पारीदेखिका अरनिको राजमार्गमा अवस्थित पेट्रोल पम्पले प्रति लिटर २५ पैसाका दरले मूल्य थप गरी बिक्री गर्दै आएका छन् । बिक्रेताका अनुसार ढुवानी खर्चवापतको थप रकम जोडेर उपभोक्तासँग लिइएको हो।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS