IME Life

बीमासहित २५ वटा सेवा क्षेत्रमा हड्ताल गर्न निषेध (सूचीसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले बीमासहित २५ वटा सेवा क्षेत्रमा हड्ताल गर्न निषेध गरेको छ।

राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले हड्ताल गर्न निषेध गरिएका सेवा क्षेत्रहरुको सूची सार्वजनिक गरेको हो। गृह मन्त्रालयले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ अनुसार हड्ताल निषेधित क्षेत्र तय गरिएको स्पष्ट पारेको छ।

Prabhu
Crest

अब बीमासहित डाँक तार टेलिफोन सेवा, जलस्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा, हवाई अड्डा वा हवाईजहाजको देखभाल, त्यसको सञ्चालन र मर्ममत गर्ने कामसँग सम्बन्धित सेवामा हड्ताल गर्न पाइने छैन।

यसैगरी सञ्चार, प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा, पर्यटन अवास, मोटेल, होटेल रेस्टुराँ र रिसोर्टसम्बन्धी सेवा, आन्तरिक सुरक्षा, हतियार खरखजना वा अरु कुनै सैनिक सरसामान उत्पादन र वितरणसम्बन्धी कामका क्षेत्रमा पनि हड्ताल गर्न निषेध गरिएको छ।

सञ्चार, आन्तरिक सुरक्षा कार्यसम्बन्धित सेवा र खानेपानीको सञ्चाल तथा वितरण सेवामा पनि हड्ताल गर्न पाइने छैन।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS