Connect IPS
IME Life

प्रिमियममा एफपीओ ल्याएका यी कम्पनीले अर्बौं रकम कर तिर्नुपर्ने, २ दिनभित्र बुझाउनुपर्ने(सूचीसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सर्वोच्च अदालतले आज १६ बैंक तथा बीमा कम्पनीले दायर गरेको एफपीओ र मर्जरको करविरुद्ध परेको रिट खारेज गरिदिएको छ। सर्वोच्चले एफपीओको प्रिमियमबाट उठेको आयमा कर लाग्ने तथा मर्जर र प्राप्तिबाट हुने आयमा कर लाग्ने सरकारको निर्णय सदर गरेको हो।

सर्वोच्च अदालतको आदेशसँगै अब मुद्दा हारेका बैंक तथा बीमा कम्पनीले करबापत अर्बौं रकम तिर्नुपर्ने भएको छ। कम्पनीहरुले विभिन्न समयमा जारी गरेको एफपीओबाट प्रिमियमबापत २० अर्ब ७ करोड ७३ लाख रुपैयाँ रकम संकलन गरेको देखिन्छ। संकलित प्रिमियम रकमबाट कम्पनीहरुले राज्यलाई ३० प्रतिशत आयकर बुझाउनुपर्ने हुन्छ । जसअनुसार यसअघि प्रिमियममा एफपीओ जारी गरेका ११ कम्पनीले आयकरबापत ६ अर्ब बढी रुपैयाँ तिर्नुपर्ने देखिन्छ।

Prabhu
Crest

कसले कति तिर्नुपर्छ ?

सिटिजन्स बैंक

सिटिजन्स बैंकले अंकित मूल्य १०० रुपैयाँमा १०० रुपैयाँ नै थपेर प्रतिकित्ता २०० रुपैयाँका दरले कुल ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ बिक्री गरेको थियो । बैंकले प्रिमियमबापत ४ करोड ६३ लाख ८२ हजार ६०० रुपैयाँ संकलन गरेकोले अब १ करोड ३९ लाख १४ हजार ७८० रुपैयाँ आयकर बुझाउनुपर्ने देखिन्छ ।

नेपाल बैंक

नेपाल बैंकले १०० रुपैयाँ अंकति दरमा १८० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २८० रुपैयाँको दरले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ जारी गरेको थियो । यसबाट बैंकले ३ अर्ब १८ करोड ३२ लाख ७४ हजार ४४० रुपैयाँ प्रिमियम संकलन गरेको थियो । अब बैंकले आयकरबापत ९५ करोड ४९ लाख ८२ हजार ३३२ रुपैयाँ जम्मा गर्नुपर्नेछ।

नेपाल इन्भेस्टमेन्ट बैंक

यो बैंकले १०० रुपैयाँ अंकित दरमा ५०१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ६०१ रुपैयाँका दरले ९० लाख ६९ हजार ३८८ कित्ता एफपीओ बिक्री गरेको थियो। जसमा बैंकले प्रिमियमबापत ४ अर्ब ५४ करोड ३७ लाख ६३ हजार ३८८ रुपैयाँ संकलन गरेको थियो । अब बैंकले १ अर्ब ३६ लाख ३१ हजार २९० रुपैयाँ कर तिर्नुपर्ने हुन्छ ।

एनएमबि बैंक

एनएमबि बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २३३ रुपैयाँ प्रिमियम थपेर ३३३ रुपैयाँका दरले १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ जारी गरेको थियो। एफपीओबाट बैंकले २ अर्ब ६५ करोड ९७ लाख ३२ हजार ९७९ रुपैयाँ प्रिमियम संकलन गरेको थियो। अब बैंकले आयकरबापत ७९ करोड ७९ लाख १९ हजार ८९४ रुपैयाँ तिर्नुपर्नेछ।

नेपाल एसबीआई बैंक

यो बैंकले १०० रुपैयाँ अंकित शेयरमा ८८४ रुपैयाँ प्रिमियम रकम जोडेर प्रतिकित्ता ९८४ रुपैयाँमा ६७ हजार ७६७ कित्ता एफपीओ बिक्री गरेको थियो। बैंकले प्रिमियमबापत ५ करोड ९९ लाख ६ हजार २८ रुपैयाँ संकलन गरेको थियो। अब बैंकले ३० प्रतिशतका दरले आयकर रकम १ करोड ७९ लाख ७१ हजार ८०८ रुपैयाँ जम्मा गर्नुपर्ने हुन्छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक

यो बैंकले १०० रुपैयाँ अंकित दरमा ११९० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता शेयर १२९० रुपैयाँमा एफपीओ जारी गरेको थियो । बैंकले कुल २५ लाख ५८ हजार १४० कित्ता शेयर एफपीओ बिक्री गरेर प्रिमियमबापत ३ अर्ब ४ करोड ४१ लाख ८६ हजार ६०० रुपैयाँ उठाएको थियो। अब यो बैंकले ३० प्रतिशतले हुन आउने ९१ करोड ३२ लाख ५५ हजार ९८० रुपैयाँ आयकर रकम जम्मा गर्नुपर्नेछ।

पोखरा फाइनान्स

पोखरा फाइनान्सले अंकित मूल्यमा १०० रुपैयाँमा १२० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२० रुपैयाँका दरले ९ लाख ८३ हजार ६८१ कित्ता एफपीओ बिक्री गरेको थियो । जसबाट कम्पनीले ११ करोड ८० लाख ४१ हजार ७२० रुपैयाँ प्रिमियम गरेको थियो। अब कम्पनीले आयकरबापत ३ करोड ५४ लाख १२ हजार ५१६ रुपैयाँ जम्मा गर्नुपर्नेछ।

यसैगरी ३ वटा बीमा कम्पनीले एफपीओ जारी गरेर ४ अर्ब ८४ करोड ४८ लाख ४७ हजार ७६० रुपैयाँ प्रिमियम संकलन गरेको देखिन्छ । उनीहरुले राज्यलाई आयकरबापत १ अर्ब ४५ करोड ३४ लाख ५४ हजार ३२८ रुपैयाँ बुझाउनुपर्ने भएको छ।

नेपाल लाइफ इन्स्योरेन्स

यो कम्पनीले १०० रुपैयाँ अंकित दरको शेयरमा १३२५ रुपैयाँ प्रिमियम जोड्दै १४२५ रुपैयाँ प्रतिकित्ता ३० लाख ९६ हजार ४२९ कित्ता शेयर बिक्री गरेको थियो । कम्पनीले ४ अर्ब १० करोड २७ लाख ६८ हजार ४२५ रुपैयाँ प्रिमियम संकलन गरेको थियो । अब कम्पनीले संकलित १ अर्ब २३ करोड ८ लाख ३० हजार ५२८ रुपैयाँ कर तिर्नुपर्ने देखिन्छ ।

शिखर इन्स्योरेन्स

यो कम्पनीले १०० रुपैयाँ अंकित मूल्य ५५० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्तामा एफपीओ जारी गरेको थियो। कम्पनीले ५ लाख १० हजार ९८८ कित्ता एफपीओ बिक्री गरेकोमा प्रिमियमबापत २८ करोड १० लाख २५ हजार २५० रुपैयाँ संकलन गरेको थियो । अब आयकरबापत कम्पनीले ८ करोड ४३ लाख १३ हजार २० रुपैयाँ कर तिर्नुपर्ने हुन्छ ।

प्रिमियर इन्स्योरेन्स कम्पनी

यो कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ६९९ रुपैयाँ प्रिमियम थप गरी ७९९ रुपैयाँ ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ बिक्री गरेको थियो। कम्पनीले ४६ करोड १० लाख ३५ हजार ९३५ रुपैयाँ प्रिमियम संकलन गरेकोमा अब आयकरबापत १३ करोड ८३ लाख १० हजार ७८१ रुपैयाँ जम्मा गर्नुपर्नेछ।

बुटवल पावर कम्पनी

बुटवल पावरले १०० रुपैयाँ अंकित दरमा ४०१ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता ५०१ रुपैयाँमा ४० लाख ८१ हजार कित्ता एफपीओ बिक्री गरेको थियो । जसबाट कम्पनीले १ अर्ब ६३ करोड ६४ लाख ८१ हजार रुपैयाँ प्रिमियम रकम संकलन गरेको थियो। अब आयकरबापत ४९ करोड ९ लाख ४४ हजार ३०० रुपैयाँ बुझाउनुपर्ने हुन्छ ।

कहिलेसम्म जम्मा गर्नुपर्छ आयकर ?

आर्थिक विधेयक २०८० को दफा २६ मा कुनै निकायले एफपीओबाट प्रिमियम मूल्यमा शेयर जारी गरी प्राप्त भएको रकममध्ये आर्थिक वर्ष २०७८/७९ सम्म हिताधिकारीलाई बोनस शेयरका रुपमा वितरण गरेको लाभांश रकमलाई आयकर ऐन, २०५८ को दफा ५६ को उपदफा (३) बमोजिम आयमा समावेश गरी कर दाखिल नगरेको भए उक्त रकममा लाग्ने कर संवत् २०८० साल मंसिर मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुने उल्लेख छ। यदि कर दाखिला नभएमा शुल्क तथा ब्याज लाग्ने विधेयकमा उल्लेख छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%

खुसी

6%

दु :खी

6%

अचम्मित

6%

उत्साहित

67%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS