काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले १५औं वार्षिक साधारण सभा पुस २० गते गर्ने भएको छ । कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले सभा अम्रपाली ब्याक्वेट थिरबम भाटभटेनी काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने जनाएको छ ।
सभाले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्नेछ ,हाल कायम रहेको पूँजीको संमरचना शंधोन गर्ने तथा अख्तियारी सम्बन्धी प्रस्ताव पनि सभाले पारित गर्नेछ ।