काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक २ दशलमव ६० प्रतिशतले बढेर १,९८८ को विन्दुमा कायम भएको छ । आज १३४ कम्पनीको शेयर मुल्य बढेको छ भने १०० कम्पनीको मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालजूका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज मोलुङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । घलेम्दी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ९६ प्रतिशतका दरले कमाएका छन् ।
आज कुथेली बुखरी कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ५ दशलमव ६९ प्रतिशतका गुमाएका हुन् ।