Connect IPS
IME Life

नेशनल लाइफको सहायक कम्पनीको रुपमा उदायो ‘नेशनल क्यापिटल ’

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नै एकाउन्न प्रतिशत लगानीमा मर्चेन्ट बैंक संचालन गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डमा “नेशनल  क्यापिटल लिमिटेड” नामक मर्चेन्ट बैंक दर्ता गर्ने अन्तिम तयारीमा रहेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा भने मङ्सिर २२ गते शुक्रबार नै दर्ता गरिसकेको छ ।

नेशनल क्यापिटलको अधिकृत पूँजी ३० करोड रुपैयाँ तोकिएको छ भने जारी पूँजी ३० करोड रुपैयाँ रहेको छ । हालको चुक्ता पूँजी भने २०  करोड रुपैयाँ छ । भविष्यमा प्राथमिक शेयर जारी गर्ने योजना बनाएको छ ।

Prabhu
Crest

कम्पनीले आफ्नो लगानी विविधिकरण गर्ने क्रममा मर्चेन्ट बैंकमा लगानी गर्ने भएको हो ।  पछिल्लो समय बीमा कम्पनीहरुले मर्चेन्ट बैंकमा लगानी गर्ने लहर चलेको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले वेल्थ म्यानेजमेन्ट किनेर “एशियन क्यापिटल” बनाएको थियो । एशियनको उक्त कदमसँगै, नेपाल लाइफले नेश्ननल मर्चेन्ट क्यापिटलको बहुमत शेयर खरिद गरेर “नेपाल लाइफ क्यापिटल”, रिलायबल नेपाल लाइफले “रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल “ , सन नेपाल लाइफले “सन लाइफ क्यापिटल”  संचालनमा छन ।  जीवन तथा निर्जीवन बीमा कम्पनीहरु पछिल्लो समय मर्चेन्ट बैंक तर्फ आकर्षित भएका छन्  ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

0%

दु :खी

0%

अचम्मित

20%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS