काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक २ दशलमव ६० प्रतिशतले बढेर १,९८८ को विन्दुमा कायम भएको छ । आज १३४ कम्पनीको शेयर मुल्य बढेको छ भने १०० कम्पनीको मुल्य घटेको छ ।
आज २९२ कम्पनीको १ करोड २० लाख ९५ हजार ५३९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९० करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १४ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १२ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावरको १२ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।