IME Life New

प्राधिकरणले जारी गर्‍यो खेलकुद बीमालेख, क्रिकेट देखि बुद्धिचालका खेलाडीसम्मको बीमा हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले देशलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मान् दिलाउन महत्वपूर्ण योगदान दि‌ंदै आएका खेलाडीको सुविधालाई मध्यनजर गर्दै पहिलो पटक खेलकुद बीमालेख जारी गरेको छ। प्राधिकरणले राष्ट्रका गौरव मानिने खेलाडीहरुको खेल जीवनमा निहित जोखिम बहनका लागि विशेष बीमालेख जारी गरेको हो ।

राष्ट्रिय गौरवको रुपमा रहेका खेलाडीहरुको खेल जीवनका क्रममा आइपर्ने हरेक जोखिम बहन गर्ने उद्देश्यलेका लागि खेलाडी बीमाको विशेष व्यवस्था गरिएको प्राधिकरणले जानकारी दिएको छ । यो बीमा अन्तर्गत बीमा अवधि भर कुनै दुर्घटना वा खेलकुदका क्रममा कुनै चोटपटक वा अंगभंग भएमा वा अपाङता भएमा दुर्घटना भएको मितिबाट १ सय ८३ दिनभित्र बीमित खेलाडी पूर्ण रुपमा अशक्त भएमा बीमाङकको शत प्रतिशत रकम क्षतिपूर्ती प्रदान गरिनेछ।

Esewa
Crest

यसैगरी आंशिक अशक्तताको अवस्था भएमा बीमाङकको ५० प्रतिशत भुक्तानी गरिनेछ। दुर्घटनामा खेलाडीको हात वा खुट्टाको कुनै एक औंला काम नलाग्ने भएमा बीमाङकको २० प्रतिशत रकम पाइनेछ । बीमा गरिएको अवधिभित्र दुर्घटनाको कारणबाट बीमित अस्थायी पूर्ण अशक्त भई आफ्नो पेशा व्यवसाय गर्न हुन पूर्णरुपमा असक्षम भएमा बीमाङकको सीमाभित्र रहने गरी ६ महिनासम्म बीमकले प्रति महिना बीमाङक रकमको ५ प्रतिशत वा मासिक २० हजार रुपैयाँमध्ये जुन कम हुन्छ, सो बराबरको रकम क्षतिपूर्ती उपलब्ध गराउनेछ।

दुर्घटनाको कारणबाट बीमितहरुलाई औषधी उपचार गर्दा खर्च भएमा बीमकले बीमाङकको अतिरिक्त थप हुनेगरी बीमाङकको २५ प्रतिशत वा ३ लाखमध्ये जुन रकम कम हुन्छ सोही बराबरको बील भरपाई अनुसार सोधभर्ना गरिने प्रावधान प्रस्तावित बीमालेखमा समेटिएको छ ।

जानी जानी आफै‌ंले गराएको चोट र दुर्घटना तथा आफ्नै प्रयासले भएको क्षतिको क्षतिपूर्ति रकम यो बीमा अन्तर्गत बीमकले भुक्तानी दिनेछैन ।

गत आव २०७९।८० को सरकारको नीति तथा कार्यक्रममा खेलाडी बीमा अन्तर्गत खेलाडी जीवन बीमा, खेलाडी तथा स्वास्थ्य प्रशिक्षण बीमा, खेलाडी तथा प्रशिक्षण आकस्मिक बीमाको व्यवस्था गर्ने घोषणा गरिएको थियो ।

प्राधिकरणका अनुसार खेलाडी बीमा अन्तर्गत  टेबल टेनिस, सफुट टेनिस, टेनिस, शुटिङ, गल्फ, बडी विल्डिङ एण्ड फिटनेश, स्क्वास राकेट, बुद्धिचाल, विलियर्ड स्नुकर तथा पूल, बलिङ्ग, टग फर वार, रोप स्किपिङ, आर्चरी, योग खेलकुद, व्याडमिन्टन, क्रिक्रेट, हक्की, भलिबलका खेलाडीको बीमा गर्न सकिनेछ ।

यसैगरी एथलेटिक्स, फेन्सिङ, जूडो, जिम्न्यास्टिक, हन्डबल, बास्केटबल, पौडी, सेपाक ताक्रो, भारात्तोलोन, ट्राथलन, कबड्डी, खो खो, रिङ, रेष्टलिङ, कराते, तेक्वान्दो, उसू, बक्सिङ, फुल कन्ट्याक कँराते, कुश्तीको पनि खेलाडीले बीमा गर्न सक्नेछन् ।

प्राधिकरणका अनुसार यो बीमालेख अन्तर्गत साइक्लिङ, इक्विसट्रियन, मोटर तथा मोटरसाइक्लिङ स्पोटर्स, राफिटक्यानोइ, पेन्टाथोलन, बञ्जी जम्पिङ एण्ड क्यान्योनिङ, मुवाँथाई, माउण्टेन रनिङ, आइस हक्की एण्ड अल्पाइन स्पोर्टस, वाटर स्पोर्टस, रग्वी र फुटबल खेल्ने खेलाडीको पनि रक्षावरण समावेश गरिएको छ  ।

khelkud-Insurance-Policy (1)

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS