Connect IPS
IME Life

पहाडी भूभागमा वर्षा र हिमपातको संभावना, तराईका केही जिल्लामा कुहिरो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पश्चिमी दिशाबाट नेपाल प्रवेश गरेको वायूको प्रभावले बुधबार देशका पहाडी भूभागका केही स्थानमा वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने स‌ंभावना रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहेको छ ।

तराईका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुने महाशाखाले अनुमान गरेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।

Prabhu
Crest

त्यसैगरी रातको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू्भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । बिहीबार दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सामान्यत: सफा रहनेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS