काठमाडौं । हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्य केही समय देखि आक्रामक रुपमा वृद्धि भएको छ । पछिल्लो बजार मूल्य अनुसार कम्पनीको बजार मूल्य ५९५ रुपैयाँ रहेको छ । प्रति शेयर ५० रुपैयाँमा आईपीओ निष्कासन गरेको कम्पनीको बजार मूल्य करीब १२ गुणाले वृद्धि भएको छ ।
त्यस्तै, कम्पनीको बजार मूल्य हालसम्मकै उच्च मूल्यमा कारोबार भैरहेको छ ।