काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले मार्केटिङ डिपार्टमेन्टमा असिस्टेन्ट लेभलदेखि म्यानेजर लेभलसम्मका लागि केही, फाइनान्स डिपार्टमेन्टमा म्यानेजरियल लेभलका लागि केही र रिक्स एण्ड कम्प्लेन्स डिपार्टमेन्टमा म्यानेजरिय लेभलका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
कम्पनीले आफ्नो हेड अफिस तथा विभिन्न ब्रान्च अफिसका लागि कर्मचारी माग गरेको हो । कम्पनीले विभिन्न पदका लागि सम्बन्धीत विषयमा स्नातक वा स्नाकोत्तर गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिन अर्थात पुस १० गतेभित्र आवेदन दिनुपर्नेछ ।