काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३६ दशमलव ८६ अंकले बढेर १,९८५ दशलमव ४४ को विन्दुमा कायम भएको छ । आज २१४ कम्पनीको शेयर मुल्य बढेको छ भने २४ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक बढेका छन् ।
आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजू, धौलागिरी लघुवित्त, नेपाल रिपब्लिक मिडिया र सोनापुर मिनरल्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै सिवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ११ प्रतिशतका दरले गुमाएका हुन् ।